२०७४ असोज ३० गते १६:१३ विकासन्युज
काठमाडौं । सार्वजनीक खरिद अनुगमन कार्यालयले ५ वटा कम्पनीलाई कालो सुचिमा राखेको छ ।
सम्बन्धित संस्थाको शिफारिसमा खरिद अनुगमन कार्यलयले कालो सुचीमा राखेको हो । कालो सुचिमा परेका कम्पनीले सार्वजनीक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नसक्ने कार्यालयले जनाएको छ ।
कालो सुचिमा पर्ने स्वर्गद्धारी सेक्युरिटी सर्भिसेज, एनईएस इन्टरप्राइजेज र अजम्बर÷शिवराज कन्ट्रक्सन रहेका छन् । स्वर्गद्धारीलाई नेपाल टेलिकमले कार्वाहीका लागि शिफारिश गरेपछि अनुगमन कार्यलयले ३ वर्षका लागि कालो सुचिमा राखेको हो ।
यस्तै एनईएस इन्टरप्राइजेजलाई नेपाली सेनाको २६ नम्बर, ६ नम्बर र ९ नम्बर बाहिनी अडडाले शिफारिश गरेपछि अनुगमन कार्यलयले कालो सुचिमा राखेको हो । यस्तै अजम्बरलाई जिल्ला प्रहरी कार्यलय वीरगञ्जको शिफारिशमा कालो सुचिमा परेका हुन् । कालो सुचिमा परेका कुनै पनि संस्थाले सरकारी बोलपत्रमा भाग लिन पाउदैनन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.