२०७४ कार्तिक १ गते ९:०० विकासन्युज
काठमाडौं । ज्योति विकास बैंकले राप्तिभेरी विकास बैंकलाई प्राप्ति गरेको छ । चुक्तापुँजी बढाउन ज्योतिले नेपालगन्जमा केन्द्रीय कार्यलय रहेको राप्तिलाई प्राप्ति गरेको हो ।
राष्ट्रिय स्तरको विकास बैंक बन्न ज्योतिले साढे २ अर्ब रुपैयाँ चुक्तापुँजी पुर्याउनु पर्छ ।
आउदो कात्तिक ८ गतेदेखि दुबै बैंकले ज्योति विकास बैंकको नाममा एकिकृत बैंकिङ करोबार गर्ने भएका छन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.