२०७४ कार्तिक १७ गते १५:१८ विकासन्युज
काठमाडौं । बामपन्थी गठवन्धनले आगामी २५ वर्षभित्र नेपाललाई सम्मुनत बनाई युरोप र अमेरिकाको स्तरमा पर्याउने महत्वकाँक्षी लक्ष्य लिएको छ ।
विभिन्न आर्थिक विकासका कार्यक्रम कार्यन्वयन गरेर यो शताब्दीभित्रै अर्थात वि.स. २०९९ सम्म नेपाललाई हालको चीनभन्दा धनी मुलुक बनाउने योजना वामपन्थी गठवन्धनले ल्याएका छन् । यसको आधारका रुपमा आगामी ५ वर्षमा मुलुकलाई अल्पविकशितबाट विकासशीलमा स्तरोन्ती गर्ने घोषणापत्रमा उल्लेख गरिएको छ ।
आउदो १० वर्षमा नेपालीको प्रतिव्यक्ति आय हालको ७५२ डलरबाट न्युनतम ५ हजार डलर पुग्ने गरी राष्ट्रिय अर्थतन्त्रको विकास गरी नेपाललाई गरिवीमुक्त बनाउने महत्वकाँक्षी लक्ष्य लिएको छ । आसन्न प्रदेश र प्रतिनिधीसभा निर्वाचनका लागि नेपाली काँग्रेले १० वर्षभित्र हाल कायम रहेको २१.६ प्रतिशत गरिवीको रेखामुनी रहेको जनसंख्यालाई ३ प्रतिशतमा झार्ने योजना निर्वाचन घोषणापत्रमा ल्याएकोमा यसलाई एक कदम अघि बढेर वामपन्थी गठवन्धनले अझै एक कदमअघि बढेर मुलुकलाई गरिवीमुत्त बनाउने योजना ल्याएका हुन् ।
युरोप र अमेरिकाको स्तरमा पुर्याउन वाम गठवन्धनले आउदो २ वर्षमा नेपाललाई खाद्यन, मासु, माछा, अण्डा र दुधमा पुर्ण रुपमा आत्मनिर्भर बनाई ५ वर्षमा निर्यात गर्ने अवस्थामा पुर्याउने लक्ष्य लिएको छ । उत्पादन बढाउन कृषि क्षेत्रमा ठुलो रकम अनुदान लगानी गरी कृषिलाई औद्योगिकीकरण गर्ने योजना घोषणपत्रमा उल्लेख छ ।
यस्तै विद्युत सेवा नपुगेका जनसंख्यालाई आउदो २ वर्षभित्र सेवा उपलब्ध गराउने, ३ वर्षभित्र काठमाडौं उपत्यकामा विद्युतीय सवारीसाधन सञ्चालनमा ल्याइने भएको छ । आउदो १० वर्षमा जलस्रोत, सौर्य, जैविक वायु र फोहर प्रशोधनलगायत वैकल्पिक स्रोतको प्रयोग गरेर २० हजार मेगावाट बिजुली उत्पादन गर्ने घोषणपत्रमा उल्लेख छ ।
घरघरमा बिजुली र जनजनमा सेयर नीति लागु गर्दे आर्कर्षक जलविद्युत आयोजनामा जनताको लगानी प्रोत्साहन गर्ने नीति वाम गठवन्धनको छ । काठमाडौ तराइ द्रुतमार्ग ४ वर्षमा सम्पन्न गर्ने योजना रहेको छ । सहकारीलाई अझ प्रवद्र्धन गरी गाउँटोलमा सहकारी र घरघरमा रोजगारी भन्ने नाराका साथ योजना ल्याइने भएको छ ।
संविधान प्रदत शिक्षाको हक कायम गर्न कुल बजेटको २० प्रतिशत खर्च गर्ने, माध्यमिक शिक्षा निःशुल्क गर्ने योजना घोषणापत्रमा उल्लेख छ । यस्तै सामाजिक सुरक्षा भत्ता हालको २ हजारबाट बढाई ५ हजार रुपैयाँ पुर्याउने योजना वामपन्थी गठनवन्धनको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.