२०७४ कार्तिक २० गते १०:०४ विकासन्युज
काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको सर्वसाधारण समूहको हकप्रद सेयर लिलामी हुने भएको छ ।
कम्पनीको साधारणतर्फको ७१ हजार ५३० कित्ता हकप्रद आउदो मंसिर ४ गते बोलपत्र पेश गर्ने अन्तिम दिन तोकिएको छ । कम्पनीले चुक्तपुँजी बढाउन हकप्रद सेयर निष्कासन गरेको हो ।
गत असार २८ गतेदेखि भदौ ९ गतेसम्म हकप्रद बिक्रीका लागि खुला गरेकोमा साधारणतर्फ आवेदन नपरेको हकप्रद लागि लिलामका लागि बोलपत्र आब्हान गरेको हो ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.