सिटिजन लाइफ इन्स्योरेन्सको ब्राण्ड एम्बेस्डरमा ‘मह जोडी’ नियुक्त

  २०७४ मंसिर ११ गते १६:३४     विकासन्युज

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको ब्राण्ड एम्बेस्डरमा ‘मह जोडी’ मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्य नियुक्त भएका छन् ।

उक्त नियुक्ति सम्बन्धि सम्झौता पत्रमा कम्पनीका सहायक महाप्रबन्धक दिपबहादुर बिसी तथा मुख्य प्रबन्धक कवि फुयालले हस्ताक्षर गरेका हुन् ।

मह जोडीले प्रत्येक परिवारको लागि जीवन बीमाको आवश्यकताको बारेमा देशभर जनचेतना जगाउने कम्पनीको विश्वास रहेको छ । साथै, जीवन बीमा गरी आफ्नो जीवन सुरक्षित गर्ने बानीलाई प्रोत्साहित गर्ने कम्पनीले जनाएको छन् ।

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २०७४ साल कार्तिक २ गते लक्ष्मीपूजाको दिन देखि व्यवसायिक कारोबार शुभारम्भ गरेको छ । साथै, आफ्नो २५ वटा शाखा सञ्जाल मार्फत ग्राहकहरुलाई जीवनबीमा सेवा प्रदान गरिरहेको छ । कम्पनीका प्रवद्र्धकहरुमा प्रतिष्ठित उद्योगीहरु, बैंकरहरु तथा व्यवसायिक संस्थाहरु रहेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.