ग्लोबल आइएमई बैंकको ५० औँ शाखारहित बैकिङ्ग सेवा डडेलधुरामा

  २०७४ मंसिर १२ गते १६:१८     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्नो ५० औ शाखारहित बैकिङ्ग सेवा डडेलधुरा जिल्लाको नवदुर्गा गाउँपालिकामा सुरु गरेको छ । उक्त स्थानमा सुरु गरिएको सेवाको लागि स्थानिय नारायणदत्त अवस्थीलाई व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ ।

बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा माफर्त आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दे आइरहेको छ ।

२०७४ असोज मसान्तसम्म १ खर्ब ४ अर्ब ९४ करोड निक्षेप, ८८ अर्ब ७७ करोड कर्जा लगानी रहेको बैंकको हाल १०८ वटा शाखाहरु, १४ वटा राजश्व संकलन काउण्टर, १ वटा सिडिएससि काउण्टर, १२६ एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर तथा ५० शाखा रहित बैंकिङ्ग सेवा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.