ज्योति लाइफको तीन महिने यात्राः पौने २३ लाख बीमा शुल्क, ७७ बीमालेख

  २०७४ मंसिर १४ गते १०:१०     विकासन्युज

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले तीन महिनामा पौने २३ लाख बीमा शुल्क संकलन गरेको छ । कम्पनीले चालु आवको पहिलो त्रैमासिकमा ७७ वटा बीमालेखबाट २२ लाख ८९ हजार बीमा शुल्क आर्जन गर्न सफल भएको हो ।

एक अर्ब ५४ करोड चुक्ता पुँजी रहेको ज्योती लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो प्रति सेयर आम्दानी २ रुपैंयाँ ५१ पैसा र प्रति सेयर नेटवर्थ १०३ रुपैंयाँ १४ पैसा रहेको जनाएको छ । कम्पनीले गत असोज ८ गतेदेखि औपचारिक रुपमा कार्यालय उद्घाटन गरेको थियो ।

कम्पनीले सोही दिनदेखि १० वटा शाखा विस्तार गरेर सेवा आरम्भ गरेको थियो । ज्योती लाइफको अध्यक्षमा नेपाल उद्योग बाणिज्य महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारका रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.