ग्लोबल आइएमई बैंकको थप २ शाखारहित बैकिङ्ग सेवा बैतडी र बझाङ्मा

  २०७४ मंसिर १५ गते १३:०६     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्नो थप २ शाखारहित बैकिङ्ग सेवा बैतडी र बझाङ्मा सञ्चालनमा ल्याएको छ । बैंकले गत मंसिर १२ गते बैतडीको ठाटामा र १३ गते बझाङ्गको बित्थडमा क्रमशः ५१ औँ र ५२ औँ शाखारहित बैकिङ्ग सेवा सुरु गरेको हो ।

बैतडीको ठाटामा सुरु गरिएको सेवाको लागि स्थानिय अर्जुनबहादुर कुवँरलाई र बझाङ्को बित्थडमा सुरु गरिएको सेवाको स्थानिय नरबहादुर बोहरालाई व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ ।

यस बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

हाल बैंकको १०८ वटा शाखाहरु, १४ वटा राजश्व संकलन काउण्टर, १ वटा सिडिएससि काउण्टर, १२६ एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर तथा ५२ शाखा रहित बैंकिङ्ग सेवा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.