२०७४ मंसिर १८ गते १४:५१ विकासन्युज
काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो १९ औं शाखा मोरङ् जिल्लाको उर्लावारी नगरपालिका अन्तर्गत उर्लावारी बजारमा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको औपचारिक उद्घाटन सोमबार(आज) उर्लावारी नगरपालिकाका नगरप्रमुख खडग फागो र यस बैंकका संचालक समितिका अध्यक्ष हेमराज ढकालले संयुक्त रुपमा गरेका हुन् ।
आर्थिक र व्यापारिक दृष्टिकोणले प्रमुख भुमिका भएको उर्लावारी बजारमा ग्राहककै रोजाइको माध्यम अर्थात एबीबीएस, एसएमएस,आईपीएस, अनलाइन क्लिएरिङ तथा मोवाईल बैंकिगं, रेमिट्यान्स सेवा लगायतका अधिकांश बैंकिङ सेवाहरु उक्त नवस्थापित शाखा कार्यालयबाट प्रदान गरिने बैंकले जनाएको छ ।
झापाको विर्तामोडमा केन्द्रीय कार्यालय रहेको यस बैंकले हाल झापा, इलाम र मोरङ्का विभिन्न २२ स्थानमा अवस्थीत आफ्ना कार्यालयहरु मार्फत ग्राहकहक समक्ष बैंकिङ सेवा प्रदान गरिरहेको छ । साथै, चालु आवमा आफ्नो कार्यक्षेत्रभित्रका थप केहि ठॉउहरुमा शाखा विस्तार गर्ने लक्ष्य समेत लिएर कार्य सम्पादन गरिरहेकोे बैंकले जनाएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.