२०७४ मंसिर १८ गते १७:०७ एजेन्सी
नयाँ दिल्ली । रक्सी व्यापारी विजय माल्याले आफूमाथी लगाइएको सबै आरोप झुठो भएको बयान दिएका छन् । सोमबार लण्डनको वेस्ट मिन्स्टर अदालतमा पेशीभन्दा अगाडी आफूमाथी लगाइएको सबै आरोप मनगढन्ते भएको दाबी गरेका हुन् ।
उनका अनुसार उनीमाथीका सबै आरोप आधारहीन छन् । माल्याले भने, ‘मैले बारम्बार भनेको छु – सबै आरोप झूठा, मनगढन्ते र आधारहीन छन्। मलाई यसबारेमा भन्नु केही छैन। कोर्टमा पेश गरिएका प्रमाण नै पर्याप्त हुनेछ ।’ माल्याले यसबारे अरु कुरा भन्नलाई मानेनन् । उनले भने , ‘म निर्णय लिन्न र अदालतको कारवाहीको सामना गर्नेछु ।’
अचम्म के छ भने माल्यामाथी भारतका १७ बैंकका ९ हजार करोड रुपैयाँ कर्जा नतिरेको आरोप छ, जुन माल्याले आफ्नो बन्द भइसकेको किंगफिशर एयरलाइन्सका लागि लिएका थिए । यती मात्र होइन माल्यामाथी फर्जी तरीकाबाट ऋण लिएको पनि आरोप छ ।
यो पनि पढ्नुहोस् :
Copyright © 2024 Bikash Media Pvt. Ltd.