२०७४ मंसिर १९ गते १४:२० विकासन्युज
काठमाडौं । बालुवाटारमा केन्द्रीय कार्यालय रहेको साँग्रिला डेभलमेन्ट बैंक लिमिटेडले आफ्ना लघुुवित्त विभागका कर्मचारीहरुलाई एक दिने प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रप्रसाद पौडेल तथा नायब प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले बैंकको हालसम्मको प्रगती विवरण सहित बैंकले भविष्यमा अबलम्बन गर्ने योजना तथा रणनीतिको बारेमा बताएका थिए । साथै, प्रशिक्षक झलेन्द्र भट्टराई तथा यस विकास बैंकका कर्जा प्रमुुख निर्मलकुुमार श्रेष्ठले लघुुवित्त सम्बन्धी प्रशिक्षण दिएका थिए ।
उक्त कार्यक्रममा बैंकको छ वटै शाखाहरुबाट लघुुवित्त विभागमा कार्यरत करिब १३ जना कर्मचारीहरुको सहभागीता रहेको थियो ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.