२०७४ मंसिर १९ गते १६:०५ विकासन्युज
काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको २० औं शाखा झापा जिल्लाको गौरादह नगरपालिका अन्तर्गत गौरादह बजारमा सञ्चालनमा ल्याएको छ ।
उक्त शाखाको औपचारिक उद्घाटन मंगलवार एक कार्यक्रमकाबीच प्रमुख अतिथि गौरादह नगरपालिकाका नगरप्रमुख रोहितकुमार शाह र बैंकका संचालक समितिका अध्यक्ष हेमराज ढकालले संयुक्त रुपमा गरेका छन् ।
उक्त गौरादह बजारमा ग्राहकहरुलाई उनीहरुकै रोजाइको माध्यम अर्थात एबीबीएस, एसएमएस, आइपीएस (अन्तरबैंक भुक्तानी प्रणाली), अनलाइन क्लियरिङ तथा मोवाईल वैंकिगं, रेमिटान्स सेवा लगायतका अधिकांश वैंकि¨ सेवाहरु उक्त नवस्थापित शाखा कार्यालय, गौरादहबाट प्रदान गरिने छ ।
कार्यक्रमको सञ्चालन यस बैंकका कम्पनी सचिव श्यामबहादुर बोहोराले गरेका थिए ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.