२०७४ मंसिर १९ गते १६:२८ विकासन्युज
काठमाडौँ । प्रख्यातगोल्डस्टार जुत्ताको उत्पादक, बजार व्यवस्थापक, तथा वितरक कम्पनी किरन सु म्यानुफ्याक्चरर्सले आफ्ना सम्पूर्ण ग्राहक तथा शुभचिन्तकहरूलाई कृतज्ञता ज्ञापन गर्दै वैज्ञापनिक सन्देश प्रस्तुत गरेको छ । विगत ३ दशकदेखि नेपाल र नेपालीलाई सुविधा पु¥याउँदै आएको गोल्डस्टार नेपालको सर्वाधिक रुचाइएको जुत्ता बनाउन सहयोग गर्ने आफ्ना ग्राहक वर्ग, बिक्रेताहरू, वितरकहरू, तथा शुभचिन्तकहरूलाई अथक विश्वास र सहयोगका लागि धन्यवाद ज्ञापन गर्दै विज्ञापन सन्देश प्रस्तुत गरेको हो ।
किरन सु म्यानुफ्याक्चरर्सकी बजार व्यवस्थापन निर्देशक विदुषी राणाले भन्छिन्–“गुणस्तर र बलियो उत्पादनलाई सुलभ मूल्यमा बजारमा ल्याउनु नै गोल्ड स्टारको प्रमुख ध्येय हो । विगत ३ दशकदेखि हाम्रो यहीप्रयासमा सहयोग पुर्याउँदै आउनुभएका सम्पूर्णको माया र विश्वासले हामीलाई भविष्यमा पनि हाम्रो उद्देश्य पूरा गर्ने उर्जा दिएको छ । हामी नेपालभित्र र नेपाल बाहिर रहेका ती सम्पूर्ण नेपाली दिदी बहिनी तथा दाजुभाइलाई धन्यवाद दिन्छौँ जसले हरेक पाइला, हरेक कदममा हामीलाई समर्थन गर्नुभएको छ ।”
नेपाली पहिचानसँगै नै समानान्तर रहेको गोल्डस्टारले नेपाली पनलाई पनि उजागर गरेको छ । नेपाली ग्राहकहरूकै लागि विशेष निर्माण गरिएको गोल्डस्टारले हरेक पटक नयाँ जुत्ता बजारमा प्रस्तुत गर्दा नेपाली युवा र युवाहरूको चाहनालाई मध्यनजर गरेको छ । अबका आगामी दिनहरूमा पनि गोल्डस्टारले अन्तर्रा्ष्ट्रिय तौरतरिका र युवाहरूको चाहनालाई ध्यानमा राखी नयाँजुत्ताहरू ल्याउने प्रतिबद्धता जाहेर गरेको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.