२०७४ मंसिर २९ गते १३:४३ विकासन्युज
काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई १५ प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई सो मात्राको लाभांश दिने कम्पनी सञ्चालक समितिले निर्णय गरेको छ ।
सञ्चालक समितिको निर्णयलाई कम्पनीको आगामी पुस ३० गते हुन लागेको वार्षिका साधारणसभाले पारित गर्दै छ । उक्त सभामा जाने प्रयोजनको लागि कम्पनीको आगामी पुस १४ गतेदेखि ३० गतेसम्म बुक क्लोज हुँदै छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.