शिखर इन्स्योरेन्सको २९ प्रतिशत बोनस शेयर पारित, चुक्ता पुँजी १ अर्ब नाघ्यो

  २०७४ पुष ७ गते १८:२९     विकासन्युज

काठमाडौं । शिखर इन्स्योरेन्सको २९ प्रतिशत बोनस शेयर पारित भएको छ । इन्स्योरेन्सको शुक्रबार सम्पन्न १३औं वार्षिक साधारणसभाले कम्पनी सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।

सो मात्राको बोनस शेयरको वितरण पश्चात कम्पनीको चुक्तापुँजी १ अर्ब ०५ करोड रुपैयाँ पुग्नेछ । बीमा समतिबाट २०७५ आषाढ मसान्तभित्र निर्जिवन बीमा कम्पनीले चुक्तापुँजी १ अर्ब पुर्याउनुपर्ने निर्देशन भएकोमा कम्पनीले बोनस शेयरकै माध्यमबाट चुक्तापुँजी कायम गर्न सफल भएको छ ।

साथै, सभाले संस्थापक शेयरमध्ये २० प्रतिशत (कुल शेयरको १४ प्रतिशत) शेयर सर्वसाधारण शेयरमा परिणत गर्ने समेत निर्णय गरेको छ ।

कम्पनीले चालु आव सम्ममा १ अर्ब ४३ करोड रुपैयाँको बीमाशुल्क संकलन गर्न सफल भएको बताएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.