नबिल फाउण्डेसनद्धारा गार्गी कन्या गुरुकुल प्रतिष्ठानलाई सहयोग

  २०७४ पुष १८ गते १८:०७     विकासन्युज

काठमाडौं । नबिल बैंकद्वारा प्रवद्र्घित नबिल फाउण्डेसनले बालिकाहरुको शिक्षाका लागि श्री गार्गी कन्या गुरुकुल प्रतिष्ठानलाई बालिकाहरुको शिक्षा प्रयोजनको लागि एक लाख २० हजार रुपैंया प्रदान गरेको छ । नबिल बैंकले विगतको ३ वर्षदेखि बालिकाहरुको शिक्षा प्रयोजनको लागि पुर्याउँदै आएको उक्त सहयोगलाई नबिल फाउण्डेसनले निरन्तरता प्रदान गरेको छ ।

नबिल फाउण्डेसनका अध्यक्ष दयाराम गोपाल अग्रवालले सो रकम बराबरको चेक वरिष्ठ समाजसेवी एवं प्रतिष्ठानकी संरक्षीका श्रीमती अंगुरबाबा जोशीलाई गत पुस १६ गतेका दिन हस्तान्तरण गरेका छन् ।

सो प्रतिष्ठान समाजका विभिन्न समुदायहरु जस्तै दलित, थारु, शेर्पा, नेवार, मगर, क्षेत्री, ब्राम्हण, गुरुङ्ग, तामाङ्ग, राई, मधेसी आदिका बालिकाहरुको शैक्षिक विकासमा गुरुकुल पद्धति द्वारा पठन पाठन गराउने नेपालको एक मात्र कन्या गुरुकुल रहेको छ । बालिकाहरुलाई संस्कृत साहित्य तथा वेद, पुराण, उपनिषद जस्ता उच्चकोटीका ग्रन्थहरुको साथै अंग्रेजी भाषा, विज्ञान, कम्प्युटर, ललित कला, नृत्य, योग, ध्यान जस्ता विषयहरुमा पारङ्गत ज्ञान दिलाइ प्राचीन तथा आधुनिक ज्ञानको संयोजन गरी समाजमा बौद्धिक नेतृत्व प्रदान गर्न सक्ने भावी विदुषीहरु उत्पादन गर्न प्रतिष्ठान लागि परेको छ ।

सो अवसरमा प्रतिष्ठानको कार्यको सरहाना गर्दै अग्रवालले नबिलको यस सानो सहयोगले प्रतिष्ठानलाई सामाजिक कार्यका क्षेत्रमा सेवा प्रदान गर्न अझ बढी उत्पे्ररणा मिल्ने विश्वास व्यक्त गरेका छन् ।

सोही अवसरमा श्रीमती जोशीले आगामी दिनहरुमा अझ बढी प्रभावकारी सेवा प्रदान गर्न प्रतिष्ठान प्रतिबद्ध रहेको विचार व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.