२०७४ पुष १९ गते १८:५२ विकासन्युज
काठमाडौं । गण्डकी विकास बैक लिमिटेडले रुपन्देही जिल्ला स्थित कञ्चन गाउँपालिकामा आफ्नो ५३ औ शाखा कार्यालय खोली बुधबारदेखि वित्तीय कारोबार शुभारम्भ गरेको छ ।
यस शाखा कार्यालय स्थापना भए संगै कञ्चन गाउँपालिका क्षेत्रका स्थानियले बैकबाट उपलब्ध हुने सवै सेवाहरु जस्तै निक्षेप संकलन, कर्जा प्रवाहका साथमा अन्य प्रविधिमा आधारित सेवाहरु ,मोवाइल बैँकिङ्ग, रेमिटेन्स सेवा सहितको पूर्ण बैँकिङ्ग सेवा निर्वाध रुपमा उपभोग गर्न पाउने छन् ।
गण्डकी विकास बैंक लिमिटेडले आ.व. २०७४/७५ को प्रथम त्रैयमासमा निक्षेप १९ अर्ब ३४ करोड रुपैयाँ पुर्याएको छ भने कर्जातर्फ १६ अर्ब ५५ करोड रुपैयाँ पुर्याएको छ ।
साथै, नेपाल राष्ट्र बैंकबाट स्वीकृती पाइसकेको यस बैंकले निकट भविश्यमा धनगढी, नेपालगञ्ज, घोराही, तानसेन, पोखराको रत्नचोक, चितवनको पर्सा, हेटौडा तथा नयाँ बानेश्वर काठमाडौंमा समेत नयाँ शाखा कार्यालय खोल्ने तयारी गरिरहेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.