आशा लघुवित्तको २ दिने त्रैमासिक समिक्षा गोष्ठी सम्पन्न

  २०७४ माघ ९ गते १५:०९     विकासन्युज

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले मंगलबार ३६ वटा शाखा कार्यालयका शाखा प्रमुखहरुको २ दिने त्रैमासिक समिक्षा गोष्ठी सम्पन्न गरेको छ ।

उक्त गोष्ठी कृषि विकास बैंकको क्षेत्रिय तालिम केन्द्र चितवनको विरेन्द्रनगरमा सम्पन्न भएको छ । कार्यक्रममा वर्तमान परिस्थितीमा विपन्न वर्गमा लघुवित्त कार्यक्रमको प्रभावको समिक्षा, प्रगति र व्यक्तित्व विकासको विषयमा छलफल भएको छ ।

सो कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद दुलाल, प्रमोद भट्टराई, जीवन खनाल, रविन खतिवडा, दिपेन्द्र खनाल, सुजित खतिवडा, अशोक कोईराला र सुशिल पौडेलले कार्यक्रममा विविध विषयमा सहभागीहरुलाई तालिम दिएका हुन् ।

कार्यक्रममा प्रभु मनी ट्रान्सफरका संजय थापाले वर्तमान स्थीतिमा ग्रामिण जनता समक्ष मनी ट्रान्सफरले दिएको सेवाको बारेमा समेत छलफल गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.