सन नेपाल लाइफको साधारणसभा फागुन ४ मा, आईपीओ निष्कासनको प्रस्ताव पारित गर्ने

  २०७४ माघ ११ गते ९:३६     विकासन्युज

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रथम वार्षिक साधारणसभा फागुन ४ गते हुने भएको छ ।

गत असोजदेखि जीवन बीमा व्यवसाय सुरु गरेको सन लाइफले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।

आईपीओ निष्कासन गर्ने प्रस्ताव साधारणसभामा पेश गर्ने भएको छ । सभाले नयाँ सञ्चालक समितिको चयन गर्नेछ ।

यस्तै सञ्चालकको बैठक भक्ता, प्रमुख कार्यकारी अधिकृतको पारिश्रमिक स्वीकृत गर्ने प्रस्ताव सभामा पेश हुने सनले जनाएको छ । कम्पनीमा ७० प्रतिशत सेयर प्रवद्र्धकका रहेको छ ।

कम्पनीमा ७० प्रतिशत सेयर प्रवद्र्धकका रहेको छ । कम्पनीले ३० प्रतिशत अर्थात ६० करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.