२०७४ माघ ११ गते १४:२१ विकासन्युज
काठमाडौं । काठमाडौं स्थित भृकुटीमण्डमा यस वर्षको २४ औं ‘सुविसु क्यान इन्फोटेक एक्स्पो २०१८’ सुरु भएको छ । आज (बिहीबार) सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले एक्स्पोको उद्घाटन गरेका थिए ।
उनले एक्स्पो उद्घाटनको क्रममा सूचना प्रविधिको विकासविन देशको विकास सम्भव नहुने बताए । मुलुकको विकास गर्न सूचना तथा प्रविधि क्षेत्रको ठूलो महत्व रहने उनको भनाइ छ । ‘सूचना तथा सञ्चार प्रविधिको विकास गर्न सरकारले के गर्न पर्ने हो, त्यसको निम्ति सहयोग गर्नेछ,’ उनले भने ‘सरकारले विद्यार्थीहरुमाझ सूचना प्रविधि पुर्याउन ईलाइब्रेरीको स्थापना गर्ने तयारी गरिरहेको छ ।’
उद्घाटन कार्यक्रममा विभिन्न क्षेत्रका उद्योगी व्यवसायीहरुको उपस्थित थियो । प्रदर्शनीमा राष्ट्रिय तथा अन्तराष्ट्रिय सूचना तथा संचार क्षेत्रको पछिल्लो नयाँ प्रबिधिहरु एकै छानामूनि राखिएको छ ।
आयोजनका अनुसार मुख्य प्रदर्शनी हलभित्र ४९ वटा ठूला र हलबाहिर ५ वटा ब्रान्डिङ्ग प्रदर्शनी कक्षहरु रहेको छ । ट्रसमा १४४, ओपन स्पेसहरु १४ र फुडस्टलह १० गरी जम्मा २२२ स्टल राखिएको छ ।
त्यस्तै हार्डवेयर सेल्स तथा मेन्टीनेन्स्, पावर सोलुसन्स्, मोबाइल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, ईन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशनस्, आई सीसी कलेज तथा ट्रेनिङ्ग ईन्स्टिच्युटस्, सफ्टवेयर सोलुसनस्, पेमेन्ट सोलुसन्स लगायको प्रदर्शनी रहेका छन् ।
आयोजकले सर्वसाधारणको प्रवेश शुल्क रु १००, विद्याथीको लागि ५० रुपैयाँ तोकेको छ । टिकटको अनलाईन खरीदमा २० प्रतिशत छुटको व्यवस्था गरेको छ। प्रदर्शनी माघ १६ गतेसम्म चल्ने आयोजकले बताएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.