पेमेन्ट गेटवे ईसेवा नवौँ वर्षमा प्रवेश, सेवा लिने ६० लाख नाघे

  २०७४ माघ १२ गते ११:०९     विकासन्युज

काठमाडौं । नेपालको पहिलो पेमेन्ट गेटवे कम्पनी ‘इसेवा फोन पे प्रा.लि.’ ९ वर्षमा प्रवेश गरेको छ । २००९ को अन्त्यमा बेटा भर्जज रिलिज गरी २०१० जनवरी २५ बाट बिधिवत रूपमा सेवा सुरु गरेको ईसेवा नवौँ वर्षमा प्रवेश गरेको हो ।

मोबाईल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा हाल देशभर विस्तार भइसकेको छ । ९ वर्षको अवधिमा इसेवाबाट प्रत्यक्ष, अप्रत्यक्ष रुपमा ६० लाख बढिले सेवा लिइरहेका छन् । हाल इसेवाका देशभर ३० हजार भन्दा बढि एजेन्ट छन् ।

इसेवाको मोबाईल एप्स् प्रयोग गर्नेको संख्या ४ लाख ३० हजार नाघेको छ । इसेवा खाता खोलेर कारोबार गर्नेको संख्या ७ लाख भन्दा बढी छ । यस्तै देशैभर रहेका जोन, पोइन्ट तथा मोबाईल बैंकिङ मार्फत ६० लाख बढीले इसेवाका सेवा लिइरहेका छन् ।

इसेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका २ सय भन्दा बढि सेवाहरूमा शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ४४ वटा बैंक सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.