अशोक लेलैण्ड र रेनो कारका बिक्रेतालाई आपुर्ति विभागले सोध्यो ३ दिने स्पष्टीकरण

  २०७४ माघ १२ गते १६:३०     विकासन्युज

काठमाडौं । अशोका लेलैण्ड गाडीको आधिकारीक बिक्रेतालाई आपुर्ति व्यवस्थापन तथा उपभोक्ता संरक्षण विभागले तीन दिने स्पष्टीकरण सोधेको छ ।

अशोक लेलैण्डको आधिकारीक बिक्रेता आईएमई मोटर्स र रेनो गाडीको आधिकारीक बिक्रेता एड्भान्स अटोमोबाइल प्रालिले बढि मूल्यमा गाडी बेचेको आशंकामा विभागले तीन दिन भित्र स्पष्टीकरण सोधेको हो ।

अनुगमनका क्रममा गाडीको खरिद मूल्य र बिक्रि मूल्यबीचको फरक पुष्टि गर्न नसकेपछि विभागका शाखा अधिकृत रमेशकाजी श्रेष्ठको नेतृत्वमा आईएमई मोटर्स प्रालिको विभिन्न गाडीहरुको मूल्य सूचिमा अनावश्यक खर्चहरु जोडेको भेटिएको छ ।

‘गाडीको मूल्य सूचिमा इन्टरर्नल अपरेशनल एण्ड ओदर, एड्मिनिस्ट्रेटीभ एक्सपेन्सेस, एड्भर्टाइजमेन्ट एण्ड विजनेश प्रमोसनको रुपमा अतिरिक्त खर्च लिएको देखिएको छ, उनले भने ‘के कति कारणले उक्त शिर्षमा खर्च देखाइएको हो सो सम्बन्धमा स्पष्ट प्रमाणसहित तीन दिनभित्र विभागमा पेश गर्न निर्देशन दिएका छौं ।

त्यस्तै विभागले काठमाडौं स्थित थापाथलीको रेनो गाडीको आधिकारीक बिक्रेता एड्भान्स अटोमोबाइल प्रालिमा गरेको अनुगमनको क्रममा मुख्यगरी पाछिल्लो समय कम्पनीले भित्र्याएको डस्टर लगायतका गाडीको मूल्य सूचि खरिद बिक्री बिल जस्ता आवश्यक कागजात देखाउन नसकेपछि तीन दिनभित्रमा विभागमा पेश गर्न निर्देशन दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.