२०७४ माघ २३ गते १७:०६ विकासन्युज
काठमाडौं । सिद्धार्थ बैंकद्धारा प्रवद्धित सिद्धार्थ फाउन्डेसनले गलेश्वरधाम जेष्ठ नागरिक आश्रमका वृद्धवृद्धाहरुको सहयोगार्थ २ लाख ११ हजार १११ रुपैयाँ बराबरको आर्थिक सहयोग प्रदान गरेको छ ।
उक्त सहयोग रकम बेनी शाखाको औपचारिक शुभारम्भको अवसरमा माघ २१ गते बैंकका संचालक विरेन्द्रकुमार शाहाले गलेश्वरधाम वृद्धाश्रम व्यवस्थापन समितिका अध्यक्ष्य रुद्रबहादुर कार्कीलाई हस्तान्तरण गरेका छन् ।
सिद्धार्थ फाउन्डेसनले उक्त आश्रमको नाममा अक्षयकोष स्थापना गरेको छ । उक्त कार्यक्रममा फाउन्डेसनले आगामी दिनमा पनि यस्ता सामाजिक कार्यहरुमा थप सहभागिता जनाउँदै जाने जानकारी दिएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.