प्राइम लाइफ इन्स्योरेन्सको नाफा ४०० प्रतिशत बढ्यो

  २०७४ माघ २४ गते ९:३६     विकासन्युज

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नाफा ४०० प्रतिशत बढाएको छ ।  चालु आर्थिक वर्षको ६ महिनामा प्राइमले ११ करोड ५१ लाख रुपैयाँ खुदनाफा गरेको छ ।

गत आवको सोही अवधिमा कम्पनीले ३ करोड ६१ लाख रुपैयाँ गरेको थियो । गत आवको तुलनामा चालु आवमा कम्पनीले नाफा झण्डै ९ करोड रुपैयाँ बढाएको छ ।

प्राइमले बुधबार सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमाशिक वित्तीय विवरणमा आम्दानी बढाएर १५ करोड ४८ लाख रुपैयाँ पुर्याएको जानकारी दिएको छ । गत आवको सोही अवधिमा कम्पनीको आम्दानी ८ करोड ७५ लाख रुपैयाँ थियो ।

कम्पनीले यो वर्ष १ अर्ब २ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । हालसम्म प्राइमले १० अर्ब ८३ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको जानकारी दिएको छ । कम्पनीको प्रतिसेयर आम्दानी ३७ रुपैयाँ ७६ पैसाँ छ ।

समीक्षा अवधीसम्म प्राइमले १ अर्ब ५५ करोड ६६ बीमालेख जारी गरेको छ । हालसम्म कम्पनीले १५ करोड ६६ लाख रुपैयाँ दावी भुक्तानी गरेको छ । कम्पनीको घोषित बोनस प्रतिहजार वार्षिक न्युनतम ३५ देखि ७५ रुपैयाँ छ । गत वर्ष यस्तो बोनस दर २९ देखि ६३ रुपैयाँ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.