नेशनल लाईफ इन्स्योरेन्सको नयाँ शाखा न्यूरोडमा, ट्रेडिङ्ग इन्स्टिच्यूट खाल्ने तयारी

  २०७४ माघ २४ गते १८:१६     विकासन्युज

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो नयाँ शाखा कार्यालय न्यूरोडमा सञ्चालन गरेको छ । बुधबार बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईले उक्त नयाँ शाखाको उद्घाटन गरेका हुन् ।

शाखा उद्घाटन कार्यक्रममा बोल्दै कम्पनीको अध्यक्ष प्रेमाराज्य लक्ष्मी सिंहले कम्पनीको व्यवसाय बृद्धि गर्ने क्रममा यस क्षेत्रका ग्राहकहरुलाई सेवा विस्तारमा सहयोग पुर्याउने प्रयोजनको लागि नयाँ शाखा खोलिएको बताएका छन् । सिंहले कम्पनीको जारी बीमालेख संख्या ८ लाख नाघेको र बीमितहरुको लागि ६१-८० को उच्चतम बोनस दर कायम गर्न सफल रहि नेपालको जीवन बीमा बजारमा कम्पनीको योगदान रहेको बताएकी छन् ।

कार्यक्रममा बीमा समितिको अध्यक्ष चापागाईले कम्पनीको प्रस्तावित ६० प्रतिशत हकप्रद शेयर जारी भएपछि २०७५ साल असार मसान्त भित्र चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुग्ने बताएका छन् । अध्यक्ष चापागाईले यस क्षेत्रमा बीमालेख व्यतित हुने समस्या (ल्याप्स रेसियो) बारे सुधार गर्नु पर्ने र यसको लागि अभिकर्ता र कर्मचारीलाई राम्रोसंग तालिम दिन आवश्यक रहेको बर्ताएका छन् ।

साथै, अध्यक्ष चापागाईले गुणस्तरीय जनशक्तिको व्यवस्था गर्न बीमाको उच्च स्तरीय पढाईको लागि छलफल र सम्पुर्ण बीमा कम्पनीहरुको संयुक्त प्रयासमा एउटा तालिम प्रदान गर्ने संस्था (ट्रेडिङ्ग इन्स्टिच्यूट)को व्यवस्था भैरहेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.