२०७४ माघ २८ गते १०:५१ विकासन्युज
काठमाडौं । एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनस दर घोषणा गरेको छ ।कम्पनीले प्रतिहजार वार्षिक न्युनतम ४१ देखि ८५ रुपैयाँसम्म नयाँ बोनस दर घोषणा गरेको हो ।
नियामक बीमा समितिले स्वीकृत गरेपछि नयाँ बोनस दर सार्वजनिक गरिएको एसियनले जनाएको छ । गत आर्थिक वर्षको आर्थिक स्थितीको लेखाजोखा दर दायित्व मूल्याँकन बीमांकीय प्रतिवेदन समितिले स्वीकृत गरेको छ ।
कम्पनीको सावधिक तथा आजीवन बीमा न्यतम ५० देखि ८५ रुपैयाँसम्म निर्धारण गरिएको छ । यस्तै बालबच्चाको सावधिक जीवन बीमा ४१ देखि ७४ सम्म र सावधिक पनि ४१ देखि ७४ रुपैयाँ निर्धारण गरिएको छ ।
अगिम भुक्तानीअन्र्तगत १० देखि २५ वर्षसम्म न्युनतम ४३ देखि ७८ रुपैयाँसम्म बोनस पाइने कम्पनीले जनाएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.