नेपाल लाइफ इन्स्योरेन्सको नाफा ८३ प्रतिशत बढ्यो

  २०७४ माघ २८ गते ११:१६     विकासन्युज

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको ६ महिनामा खुदनाफा ८३ प्रतिशत बढाएको छ । कम्पनीले गत पुससम्म २७ करोड ९६ लाख रुपैयाँ खुदनाफा गरेको छ ।

गत आवको सोही अवधिमा कम्पनीले १५ करोड ३० लाख रुपैयाँ नाफा गरेको थियो । नेपाल लाइफले आइतबार सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमाशिक वित्तीय विवरणमा नाफा बढको उल्लेख गरिएको छ ।

गत पुससम्म कम्पनीको प्रतिसेयर आम्दानी १८ रुपैयाँ रहेको छ । समीक्षा अवधिसम्म कम्पनीको बीमा शुल्क आम्दानी ४६ प्रतिशत बढेर ७ अर्ब २२ करोड रुपैयाँ पुगेको छ । कम्पनीले न्युनतम प्रतिहजार ६२ देखि ८२ रुपैयाँसम्म बोनस दिदै आएको छ ।

६ महिनामा कम्पनीले ५६ करोड ६५ लाख रुपैयाँ आम्दानी गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको आम्दानी २९ करोड ३२ लाख रुपैयाँ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.