नबिल बैंकले शुरु गर्यो क्यिूआर कोड प्रणाली, फोनबाटै चाहेको सामानको भुक्तानी गर्न सकिने

  २०७४ माघ २८ गते १८:१५     विकासन्युज

काठमाडौं । नबिल बैंकले नेपालमा नै पहिलो पटक आफ्नो मर्चेन्ट नेटवर्क मार्फत “यूनियनपे इन्टरनेशनल क्विक रेसपोन्स (क्यिूआर कोेड) एक्वाएरिङ सर्भिस”को शुभारम्भ गरेको छ । उक्त प्रणाली मार्फत क्यिूआर कोेडको प्रयोग गरी नबिल बैंकसँग आबद्ध मर्चेन्टहरूले यूनियनपेका अन्तरार्ष्ट्रिय कार्डहरू स्विकार गरी सरल तथा सुरक्षित वातावरणमा आफ्नो उत्पादन र सेवाहरूको भुक्तानी लिन सक्नेछन् ।

क्यिूआर कोेड म्याट्रिक्स बारकोड (वा दुई–आयामी बारकोड) को एक प्रकार हो । बारकोड मेशिनद्वारा सजिलै पढ्न सकिने अप्टिकल लेबल हो, जसमा संलग्न भएको वस्तुको बारेमा जानकारी समावेश गरिएको हुन्छ । क्यिूआर कोडमा सेतो पृष्ठभूमिमा कालो स्क्वाएर ग्रीडहरु हुन्छन् जसलाई छविको रूपमा इमेजिङ यन्त्र जस्तै क्यामेराद्वारा पढेर प्रशोधन गरि कारोबार गर्न सकिने बैंकले जनाएको छ ।

क्यिूआर कोेड प्रणाली मार्फत उपभोक्ताहरूले व्यापारीक बिक्री केन्द्रमा रहेको क्यिूआर कोडलाई आफ्नो फोनबाट नै स्क्यान गरि आफूले रोजेको सामान र सेवाहरूको भुक्तानी गर्न सक्नेछन् । यस भुक्तानी प्रणालीमा विद्धमान प्रक्रिया जस्तो फिजिकल प्वोइन्ट अफ सेल्स(पीओएस) टर्मिनलहरूको आवश्यकता नपर्नुका साथै कार्डको समेत सिधा सम्पर्कको आवश्यक पर्दैन । क्यिूआर कोड मार्फत गरिने भुक्तानी र सो सम्बन्धी जानकारी ग्राहक स्वयमको मोबाइलमा नै उपलब्ध हुन्छ ।

“पहिलो चरणमा हामीले यो सेवा मुख्य रूपमा चिनियाँ पर्यटकहरुलाई लक्षित गरेका छौं । चीनमा निकै नै प्रख्यात रहेको अत्यन्त सरल र सुरक्षित क्यिूआर कोड प्रणाली मार्फत नेपालमा समेत चिनियाँ पर्यटकहरुले आफूले रोजे बमोजिमका सामान र सेवाको भुक्तानी सजिलै गर्न सक्नेछन् । निकट भविष्यमा हामीले आफ्ना ग्राहकहरूको लागि समेत उक्त सेवा विस्तार गर्ने योजना गरेका छौं ।” नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत सशिन जोशीले बताए ।

यस बैंकले भिसा इन्टरनेशनल, मास्टर र्काड इन्टरनेशनल र युनियन पे इन्टरनेशनलको मुख्य सदस्य हो र यसले डेबिट, प्रिपेड, क्रेडिट कार्डहरु जारी गर्दछ साथै उक्त कार्डहरुबाट यसका एटिएम, पीओएस तथा पेमेण्ट गेटवे सञ्जालहरु मार्फत कारोबार स्विकार गर्दछ ।  बैंकले युनियन पे इन्टरनेशनलको सहकार्यमा यो थप सेवाको शुरुवात गरेको हो ।

यस यूपीआई क्यिूआर कोड सेवाको शुरुवात मार्फत न्युन शुल्कमा नै व्यवसायी र ग्राहकहरुले इ–कमर्स कारोवार सरल, सहज र सुरक्षित रुपमा गरी लाभान्वित हुन सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.