२०७४ फागुन ११ गते ११:४१ विकासन्युज
काठमाडौँ । शुक्रबारको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको मुख्य राजनीतिक सल्लाहकारमा विष्णु रिमाललाई नियुक्त गर्ने निर्णय गरेको छ । रिमाल दाेस्रो पटक ओलीकाे राजनीतिक सल्लाहकारमा नियुक्त भएका हुन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले रिमाललाई मुख्य सल्लाहकारमा नियुक्त गरेको जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले जानकारी दिए ।
बैठकले नेपाल सरकारको कार्य सम्पादन नियमावली संशोधन गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित कूल १८ मन्त्रालय रहने पनि निर्णय गरेको छ ।
मन्त्रिपरिषद् बैठक लगत्तै अहिले नेकपा माओवादी केन्द्रसँगको एकता र मन्त्रिमण्डल विस्तारका विषयमा छलफल गर्न एमाले स्थायी कमिटीको बैठक शुरु भएको छ ।
बैठकको शुरुमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीको ६७ औँ जन्मदिनका अवसरमा केक काटिएको थियो ।-रासस
Copyright © 2024 Bikash Media Pvt. Ltd.