२०७४ फागुन ११ गते १६:३० विकासन्युज
काठमाडौँ । सरकार स्वामित्वको राष्ट्रिय बीमा संस्थानले जलविद्युतमा २ अर्ब ८६ करोड रुपैयाँ लगानी गरेको छ । उर्जा संकट समधान गर्न संस्थानले ४५६ मेगाावटको माथिल्लो तामाकोसी, जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेड र विद्युत उत्पादन कम्पनीमा लगानी गरेको छ ।
माथिल्लो तामाकोसीमा लगानी गर्ने सम्झौता भई २१ करोड १८ लाख रुपैयाँको सेयर पु“जी र २ अर्ब रुपैयाँ ऋण लगानी गर्ने प्रतिवद्धता अनुरुप हालसम्म १ अर्ब ८० करोड रुपैयाँ लगानी गरिएको संस्थानका निमित्त प्रशासक सुरेन्द्र थापाले बताए ।
जल बिद्युत लगानी तथा विकास कम्पनीमा संस्थानले १ अर्ब बिद्युत उत्पादन कम्पनीमा ६ करोड ६० लाख रुपैयाँ बराबरको संस्थापक सेयर लगानी गरिएको उनले जानकारी दिए । वित्तीय बजारमा तरलता प्रवाह गर्ने काममा संस्थानले १२ अर्ब रुपैयाँको जीवन बीमा कोष बैंक र वित्तीय संस्थाहरुलाई उपलव्ध गराएको उनले जानकारी दिए ।
संस्थानको ५१ औं वार्षिक सभामा बोल्दै निमित्त प्रशासक थापाले आर्थिक वर्ष २०६५/०६६ सम्मको साधारणसभा सम्पन्न भई सकेको र आव २०६६/०६७ देखि २०६९/०७० सम्मको लेखा परीक्षण सम्पन्न भएको थापाले बताए ।आ.ब.२०७३/०७४ सम्मको लेखापरीक्षण आगामी चैत्र मसान्तसम्म सम्पन्न हुने गरी कार्ययोजनाका साथ काम अगाडि बढाइएको उनले जानकारी दिए ।
सो अवसरमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवि नेपालले ग्रामीण जनसमुदायमा बीमाको पहुँच अत्यन्त न्यून रहेकाले पहुँच विस्तारमा जोड दिन सुझाव दिए । बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले सरकारी संस्थानका हैसियतले जीवन बीमालाई समावेशी तुल्याई दुर्गम ग्रामीण क्षेत्रसम्म विस्तार गर्नुपर्नेमा जोड दिए ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.