२०७४ फागुन १३ गते १८:३९ विकासन्युज
काठमाडौं । सानिमा बैंक लिमिटेडले सी-आस्वा प्रणाली सञ्चानलमा ल्याएको छ । सार्वजनिक निस्काशनमा धितोपत्र खरिद गर्न आवेदन दिदा अनिवार्य रुपमा सी-आस्वा सेवा मार्फत मात्र आवेदन दिन पाउने हुँदा बैंकले उक्त सेवा फागुन ११ गतेबाट सञ्चालनमा ल्याएको छ ।
ग्राहकले बैंकका सम्पूर्ण शाखाबाट सी-आस्वा रजिष्ट्रेसन नम्बर लिन सक्नेछ । यो रजिष्ट्रेसन नम्बर लिई मेरो सेयर मार्फत आफै अनलाइन आवेदन दिन सक्ने अथवा बैंकको कुनैपनि शाखामा गई सी–आस्वा फारम भरी आवेदन बराबरको रकम आफ्नो बैंक खातामा रोक्का राखी सहज रुपमा यस प्रणाली मार्फत आवेदन दिन सक्ने छन् ।
सानिमा बैंकले यो सेवा निःशुल्क रुपमा प्रदान गर्दै आएको छ । त्यसैगरी, सी-आस्वा सञ्चालनमा आए संगै बैंकले पुरानो आस्वा प्रणाली बन्द गरेको छ । बैंकले सान्जेन जलविद्युत तथा रसुवागढी हाइड्रोपावर कम्पनीको प्राथमिक सेयर सी-आस्वा मार्फत सेयर आवेदन दिन हितग्राही खाता अनिवार्य रहेको हुँदा आवेदकले हितग्राही खाता बैंकका कुनै पनि शाखाबाट निः शुल्क खोल्न सक्नेछ ।
साथै, बैंकले ग्राहकहरुलाई सी–आस्वा रजिष्ट्रेस्ननम्बर लिन तथा केवाईसी अपडेट गर्नका लागि आफ्नो सम्बन्धित बैंकका शाखामा सम्पर्क राख्न आग्रह गरेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.