सिटामोलको माग अत्यधिक, सोमबारदेखि व्यवसायीक उत्पादन सुरु

  २०७४ फागुन १३ गते १८:५३     विकासन्युज

काठमाडौं । सरकारको स्वामित्व रहेको नेपाल औषधी लिमिटेडमा सिटामोलको माग अत्यधिक आएको छ । बुधबारदेखि सिटामोल ट्याब्लेटको परिक्षण उत्पादन सुरु गरेको उद्योगमा उत्पादन सुरु भएसँगै विभिन्न स्टकिसहरुबाट सिटामोलको माग आएको उद्योगका महाप्रबन्धक डा. रोभसकुसुम सुवेदीले बताए ।

उनकाे अनुसार उद्योगले सिटामोलको उत्पादन सुरु गएको खबर बाहिर आएसँगै विभिन्न कम्पनीहरुले लाखौं/करोडौंको संख्यामा सिटामोलको माग रहेको बताए । ‘त्यसैले ८/१० लाखभन्दा बढी संख्यामा सिटामोलको ट्याब्लेड उत्पादन गरेपछि मात्रै बजारमा लैजाने योजना बनाएका छौं,’ उलने भने ‘अहिलेसम्म परिक्षण उत्पादन सकरात्मक रुपले अघि बढिरहेको छ । यसरी नै अघि बढे सोमबारदेखि ब्यवसायीक उत्पादन थाल्ने छौं ।’

उनले सिटामोलको व्यवसायीक उत्पादन सुरु गरेपनि अत्यधिक मागलाई केही मात्रामा सम्बोधन गर्न हप्ता पन्ध्र दिनपछि मात्रै बजारमा लैजाने योजना रहेको विकासन्युजलाई जानकारी दिए । प्रतिट्याब्लेट सरकारले १ रुपैयाँ मूल्य निर्धारण गरेको सिटामोलको उत्पादन लागत बढी पर्ने भएकोले सामान्यतया निजी औषधी उत्पाक उद्योगहरुले उत्पादन नगर्ने भएकोले पनि माग सोचेभन्दा बढी आएको उनको बुझाइ छ ।

लामो समयसम्म बन्द रहेको उक्त उद्योग ०७४ वैशाख २४ गते तत्कालीन उद्योगमन्त्री नवीन्द्रराज जोशीको पहलमा कम्पनीले जीवनजल उत्पादन सुरु गर्दै पुनः सञ्चालनमा आएको थियो ।

त्यसयता केही दिनअघिदेखि परिक्षण ब्याज सिटामोल उत्पादन गर्दै आइरहेको छ । एक ब्याज साईजमा ३ लाख २० हजार ट्याप्लेट सिटामोल उत्पादन गरिरहेको महाप्रबन्धक सुवेदीको भनाइ छ । विगतमा विश्व स्वास्थ्य संगठन तथा कुशल निर्माण विधि ‘जीएमपी’ लगायतको मापदण्ड पुरा नभएकोभन्दै बन्द भएको उक्त उद्योगले मापदण्ड पुरा गरेसँगै सञ्चालनमा आएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.