उपत्यकाको फोहोर उठाउन २१९ रुपैंया, प्राकृतिक ग्याँससहित ५ मेगावट विद्युत उत्पादन गर्ने

  २०७४ फागुन २३ गते १४:३६     विकासन्युज

काठमाडौं । नेपवेस्ट प्राइभेट लिमिटेडले उपत्यकाको फोहोर मैला व्यवस्थापन गर्न प्रतिपरिवार २१९ रुपैंयामा उठाउने भएको छ ।  लगानी बोर्ड र नेपवेस्टबिच पीडीए फाइलमा हस्तारक्षर भएपछि फोहोर उठाउने सहमति भएको हो ।

बुधबार सहमति पत्रमा लगानी बोर्डका प्रमुख महाप्रसाद अधिकारी र नेपवेस्ट प्राइभेट लिमिटेडकी संगिता श्रेष्ठबिच हस्तक्षर भएको हो । पीडीए फाइलमा हस्ताक्षर गर्दै लगानी बोर्डका प्रमुख अधिकारीले लामो समयको कामपछि अब काठमाडौं उपत्याकाको वातावरण स्वच्छ हुने बेला आएको बताए । ‘उपत्यकामा धेरै स्थानीय सरकार रहेका छन्, सबैको राय लिन अब २ महिना लाग्छ, त्यसपछि फाइनल पत्रमा हस्ताक्षर गरी काम अघि बढ्छ, यसमा कुनैपनि निकायले कार्य सम्पादनमा ढिलाई गर्नु हुदैन’, अधिकारीले भने ।

सहमतिबाट आफ्नो कम्पनी खुशि रहेको बताउदै नेपवेस्टका अध्यक्ष श्रेष्ठले अब काम छिट्टै अगाडी बढ्ने बताए ।

सहमति अनुसार उपत्यकाबासीले अब प्रति घरपरिवार २१९ रुपैंया मासिक नेपवेस्टलाई तिर्नुपर्ने हुन्छ भने वार्षिक रुपमा २६२८ रुपैंया बुझाउनु पर्ने हुन्छ ।

फोहोर उठाउन नेपवेस्ट उपत्याकाबासीको घर-घरमा आउनेछ । फाइनल पत्रमा हस्ताक्षर भएपछि नेपवेस्टलाई प्रतिघर लाग्ने रकम उठाउने अधिकार हनेछ । घरपरिवारको निर्धारण तथ्यांक विभागले गरेअनुसार हुने परामर्शदाता आसिस गजुरेलले बताए । कुहिने र नकुहिने फोहोर मैला विभाजन गरी लिमिटेडले कम्पोष्ट मल, पेट्रोल, डिजल, ५ मेगावटसम्म विद्युत र प्राकृतिक ग्याँस उत्पादन गर्नेछ ।

यस कार्यक्रम अन्तर्गत काठमाडौं महानगर, दक्षिकाली नगरपालिका, चन्द्रागिरी नगरपालिका, नागार्जुन कागेश्वरी मनहरा नगरपालिका र शंखरापुर नगरपालिका रहेका छन् ।

नेपवेस्टले यो कार्यक्रम गर्न ५० मिलियन अमेरिकन डलर खर्च लाग्ने बताएको छ । कार्यक्रम सुरु भएको २० वर्षपछि कम्पनीले फोहोरमैला व्यवस्थापन कार्यक्रम नेपाल सरकारलाई हस्तान्तरण गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.