रुकुमको दुर्गम बस्तीमा एनएमबि माइक्रोफाइनान्सको वित्तीय साक्षरता तालिम

  २०७४ फागुन २३ गते १६:४१     विकासन्युज

काठमाडौं । एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाले दुर्गम क्षेत्रका समुदायमा बैंकिङ्ग शिक्षा प्रदान गर्ने उद्देश्यले रुकुमको खोलागाऊँ र झुल्नेटा उपशाखा कार्यालय अन्तर्गत वित्तीय साक्षरता तालिम सम्पन्न गरेको छ । संस्थाले वित्तीय पहुँचबाट बञ्चित समुदायका १४० जना सहभागीहरुलाई समेटेर २ दिने वित्तीय साक्षारता सम्बन्धी तालिम प्रदान गरेको थियो ।

वित्तीय संस्थाले लघुवित्त कार्यक्रमका साथसाथै सदस्यहरुलाई उद्यमशील बनाउनको लागि क्षमता अभिवृद्धिका तालिम, सीप विकास तालिम र वित्तीय साक्षरता सम्बन्धी तालिम प्रदान गर्ने शिलशिलामा उक्त तालिमको आयोजना गरेको हो ।

कार्यक्रममा सहभागीहरुले बचत किन गर्ने, कसरी बचत गर्न सकिने रहेछ भन्ने कुरा जान्न पाएको प्रतिक्रिया दिए । आजको सानो सानो बचतले पनि भविष्यमा ठुलो काम गर्न सकिने कुरा सिक्न पाएको कुरा व्यक्त गरे । उक्त कार्यक्रममा सहभागीहरुले गाउँ ठाउँमै केही गर्छु भन्ने आँट भएका तर लगानी गर्न पैसा नभएका समुदायहरुलाई बिना धितो कर्जा उपलब्ध गराउने र मासिक रुपमा वचत र किस्ता संकलन गर्न घरदैलोमै कर्मचारीहरु आउने भएकोले काम गर्न धेरै सजिलो भएको प्रतिक्रिया दिएका छन् ।

२ दिनसम्म संचालन भएको उक्त तालिममा बचतको अर्थ, बचतको महत्व, वचत गर्ने उपायहरु, कर्जाको महत्व, कर्जा लिएर कसरी ब्यवसाय गर्ने र बढी भन्दा बढी फाइदा लिने उपायहरु समेटिएको थियो । त्यसैगरी, बैंक तथा वित्तीय संस्थाहरुले के कस्ता सेवा सुविधाहरु प्रदान गर्दछन् भन्ने कुराको जानकारीका साथै बीमा र बिप्रषणको बारेमा जानकारी गराईएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.