२०७४ चैत ४ गते १०:३३ विकासन्युज
काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको २४ औं साधारणसभा चैत २६ गते हुने भएको छ ।
सभाले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई १३.५२ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गर्ने छ ।
यस्तै बोनस सेयरको कर प्रयोजनका लागि ३६ लाख ५९ हजार रुपैयाँ नगद लाभांश स्वीकृत गर्ने कम्पनीले जनाएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.