२०७४ चैत ६ गते १६:४८ विकासन्युज
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैंकका कामु प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराई र इन्स्योरेन्सका निमित्त प्रमुख कार्यकारी अधिकृत किसोरप्रसाद लामिछानेले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार ग्राहकहरुले सेञ्चुरी बैंकबाट उक्त कम्पनीको बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दाबी भुक्तानी लगायत सम्पूर्ण बीमा सेवा प्राप्त गर्न सक्नेछन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.