२०७४ चैत ६ गते १७:४७ विकासन्युज
काठमाडौं । ओम डेभलपमेन्ट बैंक लिमिटेडले एकैदिन उपत्यकाको तीन स्थानमा नयाँ शाखाहरु सञ्चालनमा ल्याएको छ । बैंकले काठमाडौंको गोंगबु, बानेश्वर र ललितपूरको सातदोबाटोमा नयाँ शाखा विस्तार गरी सञ्चालनमा ल्याएको हो । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले मंगलबार उक्त ३ वटै शाखाको उद्घाटन गरेका हुन् ।
कार्यक्रममा बैंकले सुमेरु सामुदायिक अस्पताल र मानव सेवा आश्रमलाई ह्विल चेयरहरु बितरण गरेको छ ।
बैंकले फाल्गुन मसान्तसम्म १८ अर्ब १५ करोड निक्षेप संकलन गरी १६ अर्ब ३२ करोड कर्जा लगानी गरेको छ । हाल बैंकको शाखा संख्या ५२, कर्मचारी संख्या ३९९, ग्राहक संख्या करिब २ लाख ३१ हजार, एटिएम संख्या ११ रहेको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.