२०७४ चैत ८ गते १६:०१ विकासन्युज
काठमाडौं । ग्लोबल आइएमई बैंकको ११८ शाखाबाट कोयिन भाषा परिक्षाको दस्तुर तिर्न सकिने भएको छ । बैंकले देशका विभिन्न शाखाहरुबाट विगतका बर्षहरुमा जस्तै इपिएस कोरियन भाषा परीक्षाको परीक्षा शुल्क संकलन सुरु गरेको हो ।
९ अाैं कोरियन भाषा परीक्षाको परीक्षा शुल्क ग्लोबल बैंकबाट मात्र तिर्न सकिन्छ । रकम संकलन चैत ८ देखि १७ गतेसम्म सञ्चालन हुने बैंकले जनाएको छ ।
नेपाल सरकार श्रम मन्त्रालय बैदशिक रोजगार विभाग संगको सहकार्यमा ग्लोबल आइएमई बैंकले इपिएस भाषा परीक्षा शुल्क संकलन गर्दै आएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.