सिटिजन्स बैंकको बालविकास समाजलाई डेढ लाख आर्थिक सहयोग

  २०७४ चैत ८ गते १६:५२     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंकले बालविकास समाजलाई १ लाख ५० हजार रुपैंया आर्थिक सहयोग गरेको छ । बैंकले आफ्नो ११ अाैं वार्षिक उत्सवको अवसरमा बालविकास समाजलाई आर्थिक सहायाता प्रदान गरेको हो ।

२५ वर्ष देखि गरिब तथा जेहेन्दार बालबािलकालाई लालन पालन गर्दै अाएकाे बालविकास समाजलाई बैंकले सहयता प्रदान  गरेकाे हाे । सिटिजन्स बैंकले आयोजना गरेको एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीले चेक समाजको कोषाध्यक्ष सुरेन्द्र ढकाललाई हस्तान्तरण गरेका हन् ।

कार्यक्रममा समाजका अध्यक्ष सुवास गौतमले उक्त रकमबाट १५ जना गरीब तथा जेहन्दार बिद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने बताए । त्यसैगरी अधिकृत भण्डारीले गरीब भएर जन्मिनु गल्ती होइन तर गरिबमै मर्नु त्यो गल्ती हुने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.