टाटा मोटर्सद्धारा फेसबुक अभियानको ५ जना विजेता घोषित, पाए १/१ तोला सुन

  २०७४ चैत १२ गते १७:३२     विकासन्युज

काठमाडौं । टाटा मोटर्स् नेपालले आफ्नो फेसबुक अभियान “टाटा नेक्सन नाम कन्टेस्ट” को विजेताहरु घोषित गरेको छ । यस फेसबुक अभियानमार्फत ५ जना भाग्यशाली विजेताहरुले १ तोला सुन जित्न सफल भएका थिए ।

फेसबुकमा आफ्नो नामको बीचमा ‘नेक्सन’ राखी टाटा मोटर्स्को पेज लाईक गरी सहभागी भएका प्रतियोगीहरु मध्ये ५ जना भाग्यशाली विजेताहरुः सुरज नेक्सन निरौला, महेश नेक्सन भट्टराई, हरि नेक्सन खड्का, राधा कृष्ण नेक्सन पाठक र सापकोटा नेक्सन सुबोध विजयी भएका थिए ।

कार्यक्रममा टाटा मोटर्सका जेनेरल म्यानेजर प्रविन खतिवडाले भने, “यस क्याम्पेनको आइडिया सिप्रदी मार्केटिङ्ग टीमले सिर्जना गरेको हो र यस प्रकारको क्याम्पेन नेपालमै पहिलो पटक आयोजना भएको हो जहाँ प्रोडक्टको नामलाई नै आफ्नो बीचको नाम बनाउनु पर्ने थियो । विशेष गरी प्रयोगकर्ताहरुलाई कसरी योजनामा समावेश गर्न सकिन्छ भन्ने अवधारणामा यो क्याम्पेन लन्च गरिएको हो । प्रभावकारी यस क्याम्पेनका सहभागीहरुले अन्य ब्राण्डहरुद्धारा आयोजित यस्तै अन्य प्रतियागिताहरुमा आफ्नो नामको बीचमा नेक्सन राखी सहभागी र विजयी समेत भएका थिए । पछिल्लो २ महिनामा, ६१८ जना सहभागीहरुले आफ्नो बीचको नाम परिवर्तन गर्नुभएको थियो । हामीले ५ जना भाग्यशाली विजेता घोषित गरेतापनि ६१८ जना सहभागीहरु नै हाम्रो लागि विजेताहरु हुनुहुन्छ र निकट भविष्यमापनि टाटा मोटर्स्ले यस्ता प्रतियोगिताहरु निरन्तर रुपमा ल्याउनेछ ।”

टाटा नेक्सनको यस फेसबुक अभियान जनवरी २०१८ देखि शुरु भई फेब्रुअरी २०१८ मा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.