२०७४ चैत १२ गते १७:४८ विकासन्युज
काठमाडौं । सिद्धार्थ बैंकले थप दुई शाखा बेल्टार र विराटचोकमा विस्तार गरेको छ । सोमबार एक कार्यक्रमका बीच बेल्टार शाखाको उद्घाटन उदयपुर जिल्लाका सांसद बिमल कार्की तथा उदयपुर जिल्लाको चौदन्दिगढी नगरपालिकाका मेयर खगेन्द्र राईले संयुक्त रुपमा गरेका थिए ।
त्यस्तै, विराटचोक शाखाको उद्घाटन सुन्दर हरैंचा नगरपालिकाका मेयर शिवप्रसाद ढकाल तथा बैंकका संचालक नरेन्द्रकुमार अग्रवालले संयुक्त रुपमा गरेका छन् ।
उक्त शाखाहरुबाट बैंकका अन्य शाखाहरुबाट जस्तै ग्राहकहरुले सबै प्रकारका निक्षेप तथा कर्जा कारोवार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा प्राप्त गर्न सक्नेछन् । साथै, यी शाखाहरुबाट स्थानीय स्तरमा बैकिङ्ग पहुँच बढ्न गई स्थानीय बचत परिचालन, उद्यमशीलताको वृद्धि जस्ता आर्थिक गतिविधि बढ्ने र यी स्थानका व्यवसायी तथा सर्वसाधारणले बैंकले प्रदान गर्दै आएको उच्चस्तरीय सेवाबाट लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
बैंकले हालै देशभर १०० वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), ९९ शाखारहित बैंकिङ्ग सेवा, , १०८ एटीएम र ६८७ पीओएस् मेसिन मार्फत् बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.