२०७४ चैत १३ गते १३:५८ विकासन्युज
काठमाडौं । नेपालको सबैभन्दा ठूलो स्मार्टफोन ब्रान्ड सामसङले, चैत ९ गतेदेखि काठमाडौंमा प्रि–बुकिङ गरेका ग्राहकहरूलाई ग्यालेक्सी एसनाइन/एसनाइन प्लसको वितरण शुरु गरेको छ ।
ग्यालक्सी एसनाइन/एसनाइन प्लस क्रमशः ९२ हजार ९०० रुपैयाँ र १ लाख ४ हजार ९०० रुपैयाँमा उपलब्ध छन् । प्रयोगकर्ताहरूले ५ हजार रुपैयाँको क्यासब्याक प्राप्त गरी उक्त फोन प्रभावकारी मूल्य ८७ हजार ९०० रुपैयाँ र ९९ हजार ९०० रुपैयाँमा खरिद गर्न सक्नेछन् ।
ग्यालेक्सी एसनाइन/एसनाइन प्लस संसारको सर्वाेत्कृष्ट क्यामेरा ड्वल एपरचर लेन्सको विशेषता सहित निर्माण गरिएको हो ।
“ग्यालेक्सी एसनाइन/एसनाइन प्लस एक छुट्टै श्रेणीका स्मार्टफोनहरू हुन् । पुनः परिमार्जित गरिएको क्यामेरासँग अब ग्राहकहरूले फोटो तथा भिडियोहरू खिच्दा अरू कुनै स्मार्टफोनबाट पाउन नसक्ने अनुभव पाउनेछन् । सुपर स्लो–मो र एआर ईमोजी जस्ता विशेषताहरूसँग उपभोक्ताहरूले आफूलाई एक नौलो एवं व्यक्तिगत ढंगले प्रस्तुत गर्न सक्नेछन्,” सामसङ मोबाइल फोनका प्रमुख प्रणय रत्न स्थापितले भने ।
लाइल्याक पर्पल, कोरल ब्लू र मिड्नाइट ब्ल्याक गरी तीन रङहरूमा यस नयाँ मोडल उपलब्ध छन् । सामसङले १२ हप्ताको लागि १२ हजार जीबी डाटा निःशुल्क प्रदान गर्न एनसेलसँग साझेदारी गरेको छ । शिखर बीमाको सहयोगमा सामसङले आफ्ना ग्राहकहरुलाई एक वर्षे बीमा पनि प्रदान गर्दछ ।
साथै, एसनाइन/एसनाइन प्लस सजिलो ईएमआई मा उपलब्ध गराउन सामसङले ग्लोबल आई एम ई, नबिल, नेपाल इन्भेष्टमेन्ट बैँक, लक्ष्मी बैँक, मेगा बैँक र कुमारी बैँक जस्ता विभिन्न बैँकहरूसँग साझेदारी गरेको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.