१४७७ डायल गर्नुहोस् एनटीसीको निर्ब्याजी ४० रुपैंया सापटी लिनुहोस

  २०७४ चैत १६ गते १२:२६     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमले आजबाट प्रिपेड ग्राहकहरुलाई सापटी योजना सुरु गरेको छ । सापटी लिन ग्राहकले अग्रेजी अक्षर स्टाटस (status)  लेखेर १४७७ मा पठाउनु पर्नेछ ।


‘नमस्ते क्रेडिट’ नामक यो सेवा सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले उद्घाटन गरेका हुन् । कार्यक्रममा मन्त्री बास्कोटाले ढिलै भएपनि टेलिकमको यस सेवाबाट ग्राहकलाई सजिलो हुने बताए ।

टेलिकमकी प्रमुख कामिनी राजभण्डारीले अबका दिनमा टेलिकमले थप आधुनिक कार्यक्रम विस्तार गरी राज्यलाई टेवा दिने बताइन् । यो सेवाका लागि टेलिकमले ग्राहकले प्रयोग गरेको सिमकार्डको कल हिस्ट्री हेर्नेछ । यसबाट ग्राहकले ५ देखि ४० रुपैंयासम्म निब्र्याजी सापटी लिन सक्नेछन् ।

यो सेवा लिन नचाहने व्यक्तिले अग्रेजी अक्षर स्टप (stop) लेखी १४७७ मा पठाउनुपर्ने छ । यदि पुन सरु गर्न चाहेको खण्डमा start लेखि १४७७ म्यासेज पठाउनु पर्नेछ ।

यसरी लिएको सापटी रकममा कुनै व्याज नलाग्ने टेलिकमले जनाएको छ । सापटी लिइएको रकम पुन रिचार्ज गर्दा काटिनेछ । तर ग्राहकको सापटी लिएको रकम भन्दा कम ब्यालेन्स भएकमा रकमको ६० प्रतिशत मात्र रकम कटौती गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.