पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर २/२ रुपैयाँ मुल्य बढ्यो

  २०७४ चैत १९ गते १९:१८     विकासन्युज

काठमाडौं । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । अन्तर्रा्ष्ट्रिय बजारमा मूल्य बढेको भन्दै स्वचालित प्रणाली अनुसार निगमले सोमबार राती १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर २/२ रुपैयाँ मुल्य समायाेजन गरेकाे निगमका प्रवक्ता वीरेन्द्र गोईतले जानकारी दिए । उनका अनुसार सञ्चलक समितिको वैठकद्वारा उक्त मुल्य तय गरिको हो ।

निगमका अनुसार अब बढेर पेट्रोल प्रतिलिटर १०५, डिजेल र मट्टीतेल प्रतिलिटर ८५/८५ रुपैयाँ पर्ने भएको छ ।

नाफा ५ करोड बढ्ने

मुल्य समायोजनसँगै निगमको नाफा पनि बढ्ने भएकाे छ । ‘गएको पाक्षिक (१५ दिनमा) १५ करोड रुपैयाँ रहेको नाफा बढेर आगामी पाक्षिक २० करोड रुपैयाँ पुग्नेछ,’ निगमका प्रवत्ता गोईतले भने ।

इन्डियन आयल कर्पोरेशन लिमिटेड (आईओसी) ले बढेको मूल्य सूचि पठाएपछि निगमले पनि नेपालमा पेट्रोलियमको भाउ बढाएको हाे । भारतमा सोमबारदेखि पेट्रोलियम पदार्थ महंगो भएको छ । अन्तराष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेपछि यसको असर परेको हो ।
फाइनान्सियल एक्सप्रेसका अनुसार अन्तराष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेर प्रतिव्यारेल ६५।२१ डलर पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.