नेपाल इन्स्योरेन्सको बोनस र हकप्रद सेयरले लगानीकर्तालाई लोभ्यायो, बिहीबार सबैभन्दा बढी कारोबार

  २०७४ चैत २२ गते १५:४२     विकासन्युज

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको सबैभन्दा बढी सेयर कारोबार भएको छ । नेपाल इन्स्योरेन्सको बोनस सेयर र हकप्रद सेयरमा लगानीकर्ता लोभिदा बढी कारोबार भएको हो ।

बिहीबार नेपाल इन्स्योरेन्स सूचना प्रकाशित गरी बोनस सेयर र थप हकप्रद सेयर निष्कासन गर्ने जानकारी गराएको थियो । साधारणसभाका लागि बैशाख ७ गते सेयर रजिष्टार बन्द हुने जानकारी कम्पनीले गराएको थियो ।

बिहीबार नेपाल इन्स्योरेन्सको प्रतिकित्ता ९०५ रुपैयाँ ३ करोड ९१ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । एकै दिन नेपाल इन्स्योरेन्सको सेयर मूल्य ५५ रुपैयाँ बढेको छ । बुधबार इन्स्योरेन्सको सेयर ८५० रुपैयाँमा कारोबार भएको थियो ।

कम्पनीले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई साढे ४ प्रतिशत अर्थात १ करोड ३६ लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने, चुक्तापुँजी बढाउन शत्प्रतिशतका अतिरित्त थप ६५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्न भएपछि लगानीकर्ता नेपाल इन्स्योरेन्समा आकर्षण बढेको हो ।

नेपाल इन्स्योरेन्सले ३० करोड १९ लाख ८८ हजार रुपैयाँको हकप्रद सेयर निष्कासन गर्दैछ । हकप्रद निष्कासन पछि चुक्तापुँजी बढाउन पुनः ६५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने कम्पनीले जनाएको छ । हकप्रद निष्कासनपछि चुक्तापँुजी १ अर्ब १ करोड रुपैयाँ पुग्ने छ । यस्तै बैशाख ७ गते कम्पनीको सेयर दाखिला बन्द हुने छ । ६९ औं साधारणसभा बैशाख २१ गते बस्ने भएको छ ।

यस्तै एक सातादेखि नविल बैंकको सेयर धेरै कारोबार भइरहेको छ । नविलको सेयर मूल्य बढेर ९७० रुपैयाँ पुगेको छ । वाणिज्य बैंक मध्ये नविलको सेयर सबैभन्दा बढी हो । बुधबार ९६५ रुपैयाँमा नविलको सेयर कारोबार भएको थियो ।
नविलको सेयर सस्तो हुनुका साथै वित्तीय अवस्था मजवुत रहेकाले राम्रो प्रतिफल दिने आशामा लगानीकर्ता नविलको सेयर किन्न झुम्मिएका हुन् । बिहीबार नविलको २ करोड ६९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.