२०७४ चैत २२ गते १७:०१ विकासन्युज
काठमाडौं । अर्नालाईटले विगतमा जस्तै यस पटक पनि फेरि उठ्ने बताएको छ । कम्पनीले यस वर्ष व्यान्ड वागनको साथ ‘अर्ना फेरि उठ्ने छ’ नेपाल नयाँ अबधारणाका साथ सांगितिक टुर लिएर प्रमुख सहरहरुमा जाने भएको छ । यस पटक उक्त इभेन्टमा प्रोजेक्ट वान व्यान्डद्वारा एकताको सन्देश दिने कम्पनीको भनाइ छ ।
प्रोजेक्ट वान नयाँ ब्यान्ड हो । उक्त ब्यान्ड विभिन्न उत्कृष्ट रक ब्यान्डका सदस्यहरुद्वारा संगठित गरिएको हो । यसको स्थापना व्यान्ड वागनका प्रबन्ध निर्देशक विकेश कायस्थद्वारा गरिएको बताइएको छ ।
प्रोजेक्ट वान व्यान्डमा मुक्ति शाक्य, रविन तामाङ, स्वप्नील शर्मा, निरन शाही, हरि महर्जन, शरद श्रेष्ठ, रोशन कंशकार, निखिल तुलाधर लगायत उत्कृष्ट रक ब्यान्डका सदस्यहरु रहेको कम्पनीको भनाइ छ ।
ब्यान्डले हालै ‘फेरि उठ्ने छ नेपाल’ नामक नयाँ म्युजिक भिडियो समेत बजारमा ल्याइसकेको बताइएको छ । ब्यान्डको पहिलो समेत रहेको उक्त टुर ७ अप्रिलदेखि २ जुनसम्म रहने जनाएको छ । टुर नारायणगढ, धरान, बनेपा, धनगढी, पोखरा, बिराटनगर, इटहरी, भैरहवा र काठमाडौंमा आएर टुंगिने जनाएको छ ।
अर्ना बिरय यस इभेन्टको प्रमुख प्रायोजकको रुपमा रहेको छ । अर्ना बियरले यसलाई एकताको उदाहरण कामय गरि सकारात्मक सन्देश देशभर फैलाउने अबसरको रुपमा लिएको बताएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.