आइएमई इन्स्योरेन्स र भरपर्दो कृषक सहकारी संस्थाबीच सामुहिक दुर्घटना बीमा सम्झौता

  २०७४ चैत २३ गते १८:५४     विकासन्युज

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र भरपर्दो कृषक बचत तथा ऋण सहकारी संस्था लिमिटेडबीच संस्थाका सदस्यहरुको स्वास्थ्य बीमा तथा सामुहिक दूर्घटना बीमा गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र सहकारी संस्थाका अध्यक्ष रमेश तिमल्सिनाले हस्ताक्षर गरेका छन् । सम्झौतापश्चात सहकारी संस्थाका भरपर्दो नियमित जीवन साहारा बचत योजना अन्तर्गतका ५ सय जना भन्दा बढी सदस्यहरुको स्वास्थ्य बीमा तथा सामुहिक दूर्घटना बीमा हुने जनाइएको छ ।

सोही अवसरमा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले सहकारी संस्थाले आफैले बीमा शुल्क भुक्तानी गरेर आफ्ना ग्राहकहरुको रु. ५० हजारको औषधोपचार बीमा तथा रु. १ लाखको व्यक्तिगत दुर्घटना बीमा गरेको जानकारी गराए ।

संस्था तथा संस्थासँग आवद्ध सदस्यहरुको आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा इन्स्योरेन्स कम्पनीबाट प्राप्त हुने उनले विश्वास दिलाएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.