ग्लोबल आइएमई बैंकको प्रायोजनमा ‘राष्ट्रिय फोटोपत्रकारीता अवार्ड २०७४’ हुने

  २०७५ वैशाख ४ गते १८:५९     विकासन्युज

काठमाडौं । राष्ट्रिय फोटोपत्रकार समुहद्धारा आयोजना गरीएको राष्ट्रिय फोटोपत्रकारीता अवार्ड २०७४ को लागि मुख्य प्रायोजन ग्लोबल आइएमई बैंकले गर्ने भएको छ । उक्त कार्यक्रमको नाम “ग्लोबल आइएमई राष्ट्रिय फोटोपत्रकारीता अवार्ड २०७४” हुने छ ।

साथै, लाइफटाइम अचिभमेन्ट फोटोपत्रकारिता अवार्ड विधा पनि ग्लोबल आइएमई वैकको नामवाट वितरण गरिने भएको छ । मंगलबार औपचारिक रुपमा आयोजक संस्थाका संयोजक प्रदिपराज वन्त र प्रायोजक संस्थाको तर्फवाट प्रमुख वजार व्यवस्थापक गणेश अवस्थी विच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

लाइफ टाइम अचिभमेन्ट अवार्डवाट एक जना वरिष्ठ फोटोपत्रकारलाई नगद पुरस्कारको राशी ५० हजार सहित ट्रफी र सम्मानपत्रले सम्मानीत गरिनेछ । उक्त अवार्ड लगायत अन्य १२ विधाका अवार्ड पुरस्कार नेपाल आर्मी क्लवको हलमा यहि बैशाख १३ गते विषेश कार्यक्रम गरि वितरण गरने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.