एभरेष्ट बैंकको बासँगढीमा नयाँ शाखा विस्तार

  २०७५ वैशाख ५ गते १६:४४     विकासन्युज

काठमाडौं । एभरेष्ट बैंकले बैंकले बर्दियाको बाँसगढीमा नयाँ शाखाको विस्तार गरी उद्घाटन गरेको छ । उक्त शाखाको उद्घाटन बाँसगढी नगरपालिकाका मेयर शालिकराम अधिकारी र बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठले संयुक्त रुपमा गरेका थिए ।

उक्त कार्यक्रममा बाँसगढी नगरपालिकाका, उपमेयर सुष्मा चौधरी, प्रमुख प्रशासकिय अधिकृत कमलप्रसाद पौडेल, इलाका प्रशासन कार्यालयका प्रमुख महेन्द्रजंग शाहिको उपस्थिति थियो ।

हालै भएको क्यामेल रेटिङमा एभरेष्ट बैंक दोस्रो स्थानमा पर्न सफल भएको छ । बैंकले हाल आफ्ना ८० वटा शाखाहरु, ७ एक्सटेन्सन काउन्टर, २८ राजस्व संकलन काउन्टर र ११३ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.