२०७५ वैशाख १३ गते १२:१८ विकासन्युज
काठमाडौं । एसियन लाइफ इन्स्योरेन्सको बोनस सेयर ५० प्रतिशतले घटेको छ । कम्पनीले यस अघि प्रस्ताव गरेको १२ प्रतिशत बोनस सेयर घटाएर ६ प्रतिशतमा झारेको हो ।
कम्पनीले अब लगानी कर्तालाई चुक्ता पुँजीको ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३२ प्रतिशत नगद लाभांश वितरण गर्नेछ ।
बैशाख १२ गते बसेको सञ्चालक समिति बैठकले बीमा समितिको निर्देशन अनुसार बोनस सेयरको दर घटाएर ६ प्रतिशत बनाएको हो ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.